आजै थपिए देशभर १२ सय २१ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा १२ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियिमित कोभिड १९ पे्रस ब्रिफिङमा अन्तर्गत आइतबार आयोजना गरेको ब्रिफिङमा पछिल्लो २४ घन्टामा १ हजार २ सय २१ संक्रमित फेला परेको जनाएको हो ।

यसैबीच काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क पनि घटाएको छ । पीसीआर टेष्टको शुल्क ४ हजार ४ सय रुपैयाँ तोकिएको छ । सेवा शुल्क सबै जोडेर यो भन्दा बढी लिन नपाइने मन्त्रालयले जनाएको छ । यसअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले नै ५ हजार ५०० रुपैयाँ शुल्क तोकेको थियो ।

You May Also Like