राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

काठमाडौं । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आइतबार स्वदेश फर्किँदै हुनुहुन्छ ।

नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आइतबार राति साढे ८ बजे फर्किन लाग्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उहाँ नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किन लाग्नु भएको हो ।

राष्ट्रपतिका छोरा चिन्तन पौडेलले स्वास्थ्यमा सुधार हुँदै गएपछि चिकित्सकहरूको सल्लाहमा फर्किने निर्णय भएको जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलको छातीमा पानी जम्ने समस्या देखिएको र त्यसको उपचार काठमाडौंको शिक्षण अस्पतालमा हुँदै आएको थियो । राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर थप उपचारका लागि गत वैशाख ६ गते भारत लगिएको थियो ।

You May Also Like