प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री दाहालले जवाफ दिने

काठमाडौं । प्रतिनिधि सभा बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार पनि बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार बस्ने प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।

बैठकको सुरुमा नीति तथा कार्यक्रममाथि छलफल हुने र त्यसपछि प्रधानमन्त्री दाहालले जवाफ दिनु हुनेछ । त्यसपछि नीति तथा कार्यक्रममाथि परेका संशोधन प्रस्तावहरूलाई निर्णयार्थ पेश गरिने छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि शनिबार लागि बैठक बोलाइएको हो । बैठक शनिबार दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।

You May Also Like