हानको अध्यक्षमा विनायक शाह सर्वसम्मत

काठमाडौँ । होटल संघ नेपाल (हान) को १४औं अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन् । सङ्घको ४८औँ वार्षिक साधारण सभा मार्फत शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

नवनिर्वाचित अध्यक्ष शाह एयरपोर्ट होटलका सञ्चालक हुन् । उनी यसअघि हानको प्रथम उपाध्यक्ष थिए । साधारणसभाबाट प्रथम उपाध्यक्षमा प्रवीणबहादुर पाण्डे, द्वितीय उपाध्यक्ष विनय तुलाधर, महासचिवमा साजन शाक्य र कोषाध्यक्षमा युवराज श्रेष्ठ चयन भएका छन्।

साथै कार्यसमिति सदस्यमा विधाता श्रेष्ठ, जयदिन श्रेष्ठ, सारिक अहमद लारी, विनोदशङ्कर श्रेष्ठ, दिनेश श्रेष्ठ, विशालकुमार कैंथ, राजेन्द्र भट्ट, रामकुमार पुरी, ठाकुरप्रसाद पोखरेल, लक्ष्मण अर्याल, विप्लव पौडेल र गोपाल राना, राजन श्रेष्ठ र सुमन घिमिरे चयन भएका छन् ।

You May Also Like