२४ घण्टामा ८१ जनामा कोरोना सङ्क्रमण

काठमाण्डौ । पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार तीन सय छ जनाको नमुना परीक्षण गर्दा ८१ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ५४ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७० जना पुगेको छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितमध्ये २२ जना संस्थागत आइसोलेशन, तीन जना सघन उपचार कक्ष ९आईसीयू० मा र एक जना भेन्टिलेटरमा उपचाररत छन् ।

You May Also Like