प्रधानमन्त्रीलाई बिप्लवको आग्रहः ‘एक पटक प्रचण्ड फेरि माओवादी जस्तो बन्‍नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे विद्रोह हुने चेतावनी दिएका छन् । १४ औँ राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै चन्दले जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको विरोधमा भएको स्मरण गराउँदै अहिल पनि सोही स्थिति आइरहेको बताए ।

सरकारले मन्त्रिपरिषद्मा जनचाहना अनुरुपका प्रस्ताव गरे आफूले सडकबाट साथ दिने चन्दले प्रतिबद्धता जनाएका थिए । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई एकपटक पुनः माओवादी बनेर काम गर्न पनि चन्दले आग्रह गरेका थिए ।

‘नेपालमा अहिले पनि क्रान्ति जारी छ । जनयुद्ध पनि के को परिणाम थियो भन्दा मानिसले न्याय खोज्दा खोज्दा नपाएपछिको विद्रोह थियो । विद्रोह किन हुन्छन्, जनताका चाहनालाई समयमा नै सम्बोधन, संगठित गरिएन भने विद्रोहमा बदलिन्छन् । हरेक योद्धाहरूले क्रान्तिमा भाग लिइरहेको जस्तो अनूभुति गर्दछन्’ उनले भने ‘आज त्यस्तै अनूभुति भइरहेको छ । मैले भनेको छु, क्याबिनेटमा प्रस्ताव गर्नुहोस् हामी रत्नपार्कमा बसेर साथ दिनेछौँ । हामी हरेक नराम्रा कामको विरुद्धमा उभिन तयार छौँ । तर एक पटक प्रचण्ड कमरेड फेरि माओवादी जस्तो बन्नुपर्छ नि !’

नेकपाका महासचिव चन्दले नयाँ काम गरेर इतिहास रच्ने बेला आएको पनि बताए ।

You May Also Like