अमृतपाल सिंह पक्राउ

एजेन्सी । भारतको पञ्जाव प्रान्तलाई छुट्टै खालिस्तान राज्य बनाउने अभियानलाई पुनः उठाएर चर्चामा आएका अमृतपाल सिंह पक्राउ परेका छन् ।

सिंहलाई पञ्जाब प्रहरीले आइतबार बिहान मोगाको रोद गाउँबाट पक्राउ गरेको हो । उनका निकट सहयोगी जोगा सिंह र पप्पलप्रित सिंह फक्राउ परेको एक सातामै अमृतपाल पनि पक्राउ परेका हुन् ।

पक्राउ गर्नुअघि अमृतपाल गुरुद्वारामा प्रवचन दिइरहेका थिए । उनी आफ्ना समर्थकहरूको भीडसँग यहाँ आत्मसमर्पण गर्न चाहन्थे । उनलाई भटिण्डा एयरपोर्ट विमानबाट असमको डिब्रुगढ जेल लगिनेछ । अमृतपाल विरुद्ध एनएसए अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

अमृतपाल विगत ३६ दिनदेखि फरार थिए । उनले आफ्ना एक समर्थकको रिहाईका लागि फेब्रुअरी २३ मा पञ्जाबको अजनाला प्रहरी चौकीमा आक्रमण गरेका थिए ।

शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै उनले ‘वारिस पन्जाब दे’ संगठनको नामबाट गतिविधि गर्दै पनि आएका छन् ।

भारतीय प्रहरी स्रोतका अनुसार अमृतपाल सिंह १४ अप्रिलमा आत्मसमर्पण गर्न चाहन्थे । भटिंडाको तलवंडी साबोस्थित तख्त श्री दमदमा साहिबमा आएर आत्मसमर्पण गर्ने उनको शर्त थियो ।

You May Also Like