कालिकोट पहिरोमा तीन जनाको मृत्यु, उद्धार कार्य जारी

कालीकोटको तिलागुफा नगरपालिका वडा नम्बर १ नाग्म बजारमा गएको पहिरोले तीन जनाको मृत्यु भएको छ । पहिरोले पाँच वटा घर बगाउँदा तीन जनाको मृत्युको पुष्टि भएको हो । घर माथिबाट आइतबार बिहान ८ बजे आएको पहिरोले पाँचवटा घर पुरेकोप्रहरीले जनाएको छ । मृत्यु हुनेमा सुभकालिका गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय प्रयाक शाही, उनकी छोरी हिमा शाही र वडा नं. ५ का पाँच वर्षीय बालक निराजन शाही रहेका छन् ।

तिलागुफा नगरपालिका वडा नम्बर ३ का ११ वर्षीय अर्जुन हमाल र जुम्लाको हिमा गाउँपालिकाका ३५ वर्षीय पन्न शाहीको भने जिवितै उद्दार गरिएको बताइएको छ । उद्धार गरिएकाहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।

पहिरोले घर पुर्दा कोही बेपत्ता भए नभएको भने खुलेको छैन । १३/१४ जना पुरिएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा अहिले कालिकोट र जुम्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले उद्धारको कार्य जारी राखेका छन ।

You May Also Like