दाङमा खाल्डोमा भेटिएकी शारदाको हत्या आरोपमा श्रीमान पक्राउ

दाङ । दाङमा श्रीमतीको हत्यापछि फरार रहेका श्रीमान पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका-१२ रतनपुरमा खाल्डोमा गाडिएको अवस्थामा भेटिएकी ४० वर्षीया शारदा केसीको हत्या आरोपमा उनका ४१ वर्षीय श्रीमान मेघराज पक्राउ परेका हुन्।

उनलाई शुक्रबार राति घोराही उपमहानगर(३ गोग्लीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी दिए।

वैशाख १ गते राति साढे ९ बजे काठको चिरपटले हानेर शारदाको हत्या गरेको मेघराजले प्रहरीसमक्ष बताएका छन्। हत्यापछि डेढ घण्टा लगाएर शव खाल्डोमा पुरेको बताएका हुन्। घटना’bout प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी समेत गरेको छ।

गत स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भएपछि विजय जुलुसका लागि घरबाट हिँडेका मेघराज गत पुसमा मात्रै घर फर्किएका थिए।

त्यसबीचमा शारदाले बेपत्ता भएका श्रीमान् खोजिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दिएकी थिइन्। प्रहरीले पनि उनको खोजी गर्दा फेला पारेको थिएन। घरपरिवारले मेघराजको सम्बन्ध परस्त्रीसँग रहेको आशंका गरेको थियो। सोही विषयमा मेघराज र शारदाबीच पटकपटक झगडा भएकाले हत्या उनैले गरेको हुनसक्ने प्रहरीको आशंका थियो।

शारदाको माइती पक्षले पनि गत बुधबार मेघराज नै हत्यामा संलग्न भएको व्यहोरासहितको किटानी जाहेरी दिएका छन्। हत्या भएको दिन वैशाख १ गते शारदाकी छोरी र १५ वर्षीय कान्छा छोरा घोराहीको हेमन्तपुरस्थित मामाघर गएका थिए। जेठा छोरा भने रोजगारी सिलसिलामा भारत बस्छन्।

दिपायलमा बिहे भए पनि माइतीमा बस्दै आएकी छोरीले आमा शारदालाई दिउँसो फोन गरेकी थिइन्। ु’आमाले घोराहीमा हात हेराउन गएको कुरा गरेपछि छोरीले संक्रान्तिको दिन पनि किन हात हेराउन गएको भनेर सोधेकी रहिछन्,’ डिएसपी राजन गौतमले भनेका थिए, ‘त्यसको केही बेरमा छोरीले बाबुसँग पनि कुरा गरेको देखिन्छ। बाबुले आमा आएकी छैन, तेरी आमा कहाँ गई कहाँ गई भनेर असन्तुष्टि पोखेको कुरा पनि छोरीले सुनाएकी छन्।’

शारदाका छोराछोरी मामाघरबाट वैशाख ३ गते मात्रै घर फर्किएका थिए। घर आएर बाबुआमालाई खोजे। फोन सम्पर्क गरे। तर दुवैको फोन स्विच अफ भनिरह्यो। त्यसपछि छोरी मामाघर नै फर्किइन् भने छोरा घरै बसे।

मेघराजकी ७५ वर्षीया आमा ९शारदाकी सासू० भने घरै थिइन्। तर उनले वैशाख १ गते राति आफू घरमा नभएको बयान प्रहरीलाई दिएकी छन्। उनले त्यो दिन राति झन्डै दुई सय मिटर नजिकै जेठा छोरा ९मेघराजका दाइ० को घरमा खाना खान गएको र उतै बसेको भनेकी छन्।

‘मृतककी सासूले बोलेको कुरा कति सत्य हुन् भन्ने’bout आशंका गर्ने ठाउँ देखिएको छ’ डिएसपी गौतमले भने, ‘अरू कुरा खुल्दै जाला। अहिलेसम्म चाहिँ मध्य रातमा श्रीमानले श्रीमतीको हत्या गरी घरनजिक खाडलमा गाडेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।’

डिएसपी गौतमका अनुसार शारदाको शव सुरूमा गाउँकै एक महिलाले देखेकी थिइन्। बुधबार मध्याह्न १२ बजेतिर ती महिला शारदासँग कुराकानी गर्न भनेर उनको घर पुगेकी थिइन्। त्यो बेला शारदाकी सासू मात्र थिइन्। उनले शारदा र मेघराज’bout सोध्दा सासूले आफूलाई थाहा नभएको बताइन्। त्यसपछि उनले ती महिलालाई ‘कटहर फलेको छ, एउटा टिपेर लैजाऊु भनिन्। ती महिला बारीमा भएको बोटतर्फ गइन्।

‘जब उनी कटहरको बोट नजिक पुगिन्, उनले खाडलमा गाडेको अवस्थामा मानिसको पैताला देखिन्। त्यसपछि उनी त्यहाँबाट आत्तिँदै निस्किएकी रहिछन्’ डिएसपी गौतमले भने।

ती महिलाले घरमा आएर आफूले देखेको कुरा परिवारसँग गरिन्। पछि टोलका अध्यक्ष हुँदै वडाध्यक्षमार्फत प्रहरीमा सूचना आएको डिएसपी गौतमले बताए।

घरनजिकै उत्तरतर्फ मेवाको बोटमुनि दुई फिट जति गहिरो खाल्डोमा शव गाडेको अवस्थामा थियो। प्रहरीका अनुसार त्यो झिँगटीहरू फाल्ने गहिरो ठाउँ थियो। स्थानीयले भने मल खाल्डो भएको बताएका छन्।

सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेर खनी हेर्दा शारदाको शव फेला परेको थियो। पोस्टमार्टम रिपोर्ट र शारदाकी श्रीमान् पक्राउ परेपछि मात्रै घटना’bout थप खुल्ने डिएसपी गौतमले बताए।

१० महिनापछि घर आएका थिए मेघराज
गत वर्ष वैशाख ३० गते स्थानीय तहको निर्वाचनपछि घोराही– १२ को मत परिणाम सार्वजनिक भयो। जितको खुसीमा विजय उत्सव र र्‍यालीहरू आयोजना गरिएको थियो। मेघराज पनि घरबाट सोही विजय उत्सवमा सहभागी हुने भनेर घरबाट गए।

तर, उनी फर्किएर आएनन्। खोज्दा पनि कहीँकतै फेला परेनन्। विजय र्‍यालीमा जान्छु भनेर घरबाट गएका श्रीमान मेघराज नफर्किएपछि शारदा र घर परिवारले उनको खोजीका लागि भनेर प्रहरीमा निवेदन दिए।

‘निवेदनका आधारमा प्रहरीले आसपासका वन जंगलदेखि धेरै ठाउँमा व्यापक खोजी गरे पनि फेला पार्न सकेनौं,’ डिएसपी गौतमले भने, ‘तर, उनी एकाएक पुस अन्तिमतिर घरमा आएका रहेछन्।’

कसैलाई थाहा नदिएर उनी किन गायब भए र फेरि किन सम्पर्कविहीन व्यक्ति सुटुक्क घर आए भन्ने कुरा पनि अनुसन्धानको विषय बन्न सक्ने प्रहरी बताउँछ। ‘घर परिवारका अनुसार मेघराजको अर्की परस्त्रीसँग सम्बन्ध रहेको कुरा पनि सुन्नमा आएको छ,’ डिएसपी गौतमले भने, ‘त्यही कुरालाई लिएर शारदा र मेघराजका बीचमा कहिलेकाहीँ सामान्य विवाद हुने गरेको भन्ने कुराहरू आएका छन्।’

पोष्टमर्टम रिपोर्ट र फरार मेघराज पक्राउ परेपछि शारदाको हत्याको कारण खुल्ने प्रहरी अधिकारीहरू बताउँछन्।

You May Also Like