शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ९० वटा हिउँ चितुवा

काठमाण्डौ | शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ९० वटा हिउँ चितुवा रहेको पत्ता लागेको छ ।

विश्व वन्यजन्तु कोष ९डब्ल्यूडब्ल्यूएफ० सँगको साझेदारीमा निकुञ्जले हिउँ चितुवाको सर्वेक्षण गरेको हो ।

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा वैज्ञानिक सर्वेक्षण गरिएको यो पहिलो पटक हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर महेश्वर ढकालले शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ९० वटा हिउँ चितुवा देखिनु उपलब्धिको विषय भएको बताउनुभयो ।

हिउँ चितुवालाई लोपोन्मुख जनावरको रुपमा लिइन्छ ।

You May Also Like