उपनिर्वाचनको प्रचार प्रसार गर्ने आज अन्तिम दिन

काठमाडौं । यही वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसार गर्ने आज (बिहीबार) अन्तिम दिन हो । बिहीबार नै राति १२ बजेपछि मौन समय सुरु हुने भएकाले दलहरु बिहीबार दिनभर अन्तिम प्रचारमा जुटेका छन् ।

मतदान सुरू हुनु ४८ घण्टा अघिदेखि मौन अवधि सुरू हुने भएकाले राजनीतिक दल तथा उम्मेदवारहरुलाई बिहीबार दिनभर मात्रै प्रचार प्रसारको समय रहेको हो ।

मौन अवधि सुरू भएपछि कुनै पनि माध्यमबाट प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

राजनीतिक दल तथा उम्मेदवारहरुले बिहीबार दिनभर सबै शक्ति चुनाव प्रचारमा लगाउने भएका छन् ।

सत्ता गठबन्धनले बिहीबार बारा क्षेत्र नम्बर २ मा कार्यक्रम गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधव नेपाललगायतका नेताहरु गठबन्धनका उम्मेदवार उपेन्द्र यादवको चुनाव प्रचार गर्न बारा जाने भएका छन् ।

गठबन्धनका शीर्ष नेताहरु बाराबाट चितवनको क्षेत्र नम्बर २ मा हुने चुनावी सभामा सहभागी हुन जाने कार्यक्रम रहेको छ । चितवनको चुनावी सभामा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराइ पनि सहभागी हुने कार्यक्रम छ ।

You May Also Like