आठ तस्विरमा सिहंदरबारको फोहोर (फोटो फिचर)

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले आफूलाई संघीय सरकारले सहयोग नगरेको भन्दै ११ दिनदेखि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको फोहोर उठाएका छैनन्।

फोहोर नउठाएसँगै सिंहदरबार दुर्गन्धित भएको छ। यतिमात्र नभइ समयमै सरकार र महानगरबीच छलफल नभए छिट्टै सिंहदरबार फोहोरले ढाकिने देखिन्छ। महानगरले सिंहदरबारको मात्रै होइन, राष्ट्रपति भवन तथा संघीय सरकारका पदाधिकारीहरूको निवासबाट पनि फोहोर उठाएको छैन।

महानगर प्रमुख बालेन अराजक बन्दै गएको भन्दै गत चैत २८ गते बसेको मन्त्रिपरिषदको बैठकले जिम्मेवारी बोध गरी काम गर्न उनलाई निर्देशनसमेत दिएको थियो।

प्रमुख बालेनले केन्द्रीय सरकारले आफूलाई सहयोग नगरेको बताउँदै आइरहेका छन्।

You May Also Like