हलिउड फिल्म लेखक हड्तालमा उत्रिने तयारीमा

काठमाडौं । हलिउड फिल्मका बहुमत लेखकहरुले आफ्नो छाता संस्थालाई हड्तालमा उत्रिने निर्णय गर्न पाउने अधिकारको पक्षमा मतदान गरेका छन् । रोयटर्सका अनुसार यो कदमले हलिउड फिल्मको निर्माण कार्य रोकिन सक्छ भने स्टुडियो र टेलिभिजनका काम प्रभावित हुन सक्छन् ।

राइटर्स गिल्ड अफ अमेरिका ९डब्लुजीए०ले बताएअनुसार आगामी मे १ सम्म नयाँ सम्झौता नगरे वार्ताकारलाई काम रोक्न आदेश दिन पाउने पक्षमा ९७।८५ प्रतिशत सदस्यले मतदान गरेका छन् । संस्थाका ११ हजार ५०० सदस्यमध्ये ८० प्रतिशतले मतदानमा भाग लिएका थिए ।

स्ट्रिमिङ टेलिभिजनको संख्यामा वृद्धि भएसँगै आफूहरु प्रभावित भएको गुनासो फिल्म लेखकहरुले गरेका छन् । उनीहरुले नेटफ्लिक्स, वाल्ट डिज्नी र अन्य स्टुडियोबाट तलब वृद्धिको माग राखेका छन् । आफूलाई ‘आर्थिक रुपमा असुरक्षित’ बताउने हलिउड लेखक एमी एनोबीले भनिन्, ‘मैले यसकारण वार्ता समितिलाई समर्थन गरें, ’cause यतिबेला आर्थिक अभावमा हामीजस्ता हलिउड लेखकले न्युयोर्क र लसएन्जलस जस्ता महंगा सहरमा पेट पाल्न दोस्रो काम पनि गर्नुपरिरहेको छ ।’

हलिउड लेखकहरुले यसअघि सन् २००७ र २००८ मा पनि आन्दोलन गरेका थिए, जुन १०० दिनसम्म चलेको थियो । क्यालिफोर्निया राज्यको अर्थतन्त्र २।१ बिलियन डलर पुगे पनि लेखकहरुले उचित पारिश्रमिक पाउन सकेका थिएनन् । यदि हड्तालको आह्वान गरियो भने दर्शकले सबैभन्दा पहिले लेट–नाइट टक शो प्रभावित भएको देख्नेछन् ।

त्यसपछि दिनमा देखाउने ओपेरा पनि प्रभावित हुनेछन् । कमेडी र नाटक धेरैअघि खिचिने भएकाले दर्शकले ताजा कार्यक्रम हेर्न पाउनेछैनन् । कोभिड महामारीले महिनौंसम्म विश्वव्यापी उत्पादन बन्द गरेपछि स्टुडियोहरु अर्को अवरोध चाहँदैनन् । तर स्टुडियोसँग सीमित बजेट भएकाले उनीहरु पनि दबाबमा देखिएका छन् ।

कमकास्ट कर्प, डिज्नी, वार्नर ब्रोज, डिस्कभरी, नेटफ्लिक्स र अन्यको प्रतिनिधित्व गर्ने मोसन पिक्चर र टेलिभिजन निर्माताको संगठन ९एएमपीटीपी०ले विज्ञप्ति जारी गर्दै निष्पक्ष र व्यावहारिक सम्झौतामा पुग्न चाहेको उल्लेख गरेको छ ।

You May Also Like