प्रचण्ड, देउवा र नेपाल तनहुँ जाँदै

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरु उपनिर्वाचनको प्रचारका लागि बुधबार तनहुँको क्षेत्र नम्बर एक जाने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल तनहुँ जान लागेका हुन् ।

तनहुँको डुम्रेमा आयोजना हुने चुनावी सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । तनहुँ क्षेत्र नम्बर १ मा गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई उम्मेदवार हुनुहुन्छ भने उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णीम वाग्लेले कडा टक्कर दिनुभएको छ ।

यस्तै, नेकपा (एमाले) बाट सो क्षेत्रमा पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल उम्मेदवार हुनुहुन्छ ।

You May Also Like