बिना मगर भन्छिन्ः कांग्रेसको पैसा, साडी र रक्सीमा मतदाता बिक्दैनन्

कञ्चनपुर । बिना मगर अहिले पति शोकमा छिन् । कञ्चनपुर क्षत्र नं. १ बाट प्रतिनिधि सभाकी उम्मेदवार बिना पतिलाई गुमाएको पीडालाई शक्तिमा बदलेर चुनावी मैदानमा होमिएकी छन् ।

उनले पति प्रकाश दाहाललाई गुमाएको पीडाबीच जनतामाझ पुगेर यस क्षेत्रको विकास र समृद्धिका लागि आफनो उम्मेदवारी भएकाले जिताउन पनि आग्रह गरिरहेकी छन् ।

२०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा झिनो मतले कांग्रेसका उम्मेदवारसँग पराजय भोगेकी बिना यस पटक भने वाम गठबन्धनबाट साझा उम्मेदवारको रुपमा खडा भएकी छन् ।

स्थानीय तह निर्वाचनको आकडा हेर्दा वाम गठबन्धन क्षेत्र नं.१ मा करिब २० हजार मतले अगाडि देखिएको छ । पति प्रकाशलाई अलविदा गर्दै उनी चुनावी प्रचारका लागि आफनो क्षेत्रमा फर्किसकेकी छन् ।

कञ्चनपुरलाई सिंहदरबारसँग जोड्ने प्रयास

विगतमा कञ्चनपुरका दक्षिणी क्षेत्र सिंहदरबारको पहुँचभन्दा टाढा थिए । दक्षिणी क्षेत्रको पहुँच सरदरमुकाममा समेत नहुँदा विकासमा पछि परेको छ । उनले यस क्षेत्रमा विकासको लहर ल्याई समृद्ध बनाउने अठोट गरेकी छन् । यही एजेन्डाले आफू विजयी हुने उनको विश्वास छ ।

यिनै एजेण्डामा सबै जनता गोलबद्ध भएको बताउँदै उनले गठबन्धनका कारण आफू उत्साहित रहेको पनि उल्लेख गरेकी छन् । ‘मेरो पहिलो एजेन्डा शान्तिसुरक्षा र भारतीय सीमामा हुने ज्यादती अन्त्य गर्नु रहेको छ’, उनले भनिन्, ‘दक्षिणी क्षेत्रमा हिउँदमा धुलाम्य र बर्षामा हिल्याम्य हुने सडकको समस्या समाधान गर्ने अभियानमा समेत सक्रिय भएकी छु ।’

दोस्रो संवबधानसभाको निर्वाचनमा पराजित भएर पनि उनी दक्षिणी भेगको विकासमा निरन्तर क्रियाशील रहेको बताइन्छ । त्यहीकारण उनको पक्षमा माहोल बनेको स्थानीय मतदाताको बुझाई छ । ‘शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दालाई पनि विशेष प्राथमिक्तामा राखेकी छु’, उनले सुनाइन् ।

गाउँमै रोजगारी सिर्जना गर्छु

आफले चुनाव जितेमा युवाहरुलाई गाउँमै रोजगारी सिर्जना गर्ने उनको योनजा छ । दक्षिणी क्षेत्रमा उद्योग कलकारखानाको विकास गरेर रोजगारी बढाउने बताउँदै उनले यो क्षेत्रका युवाहरुले विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्ने दाबी गरिन् ।

दक्षिणी भेगमा चिनी मिल लगायतका थुप्रै उद्योग खोल्न सकिने बताउँदै बिनाले छोटी भन्सारहरुलाई पनि सुचारु गरिने योजना सुनाइन् । ‘छोटी भन्सार सक्रिय गर्न सकेमा यही क्षेत्रको राजश्व वृद्धि हुन्छ’, उनले सुनाइन्, ‘म यस कामका लागि अहिलेबाटै क्रियाशील छु ।’

कम्युनिस्टको भूमिमा जित्ने दाबी

कञ्चनपुरको दक्षिणी क्षेत्र कम्युनिष्टहरुको उर्बर भुमि भएकोले सजिलै जित्ने उनले बताइन् । ‘यो कम्युनिस्टको भूमि हो, मेरो जीतको पहिलो आधार पनि यही हो’, उनले सुनाइन् ,‘विकास र समृद्धिको एजेण्डाले कांग्रेसका कार्यकर्ताले पनि मलाई भोट हाल्छन् ।’

यो पटक आफूलाई अवसर दिन यस क्षेत्रका सबै मतदाता तत्पर रहेको बिनाले जिकिर गरिन् । बिनाले अघिल्लो चुनावमा हारेर पनि सिँचाइका लागि वेल टयुबवेल वितरणदेखि सडक निर्माणमा पनि सक्रिय भएको बताइन् ।

‘म निरन्तर जनतासँगै जोडिएकाले मलाई जिताउनुपर्छ भन्ने जनताको मनोभाव छ’, उनले सुनाइन्, ‘यो पटक मैले जितेर यो क्षेत्रको विकासमा अहोरात्र सक्रिय हुनेछु ।’

अघिल्लो पटक केही प्राविधिक कम्जोरीले चुनाव हारे पनि यो पटक जित्ने धेरै आधार रहेको दोहोर्याइन् । ‘यो पटक कांग्रेसको पैसा साडी र जाँड रक्सीको प्रलोभनमा जनता पर्दैनन्’, उनले विश्वसत हुँदै भनिन्, ‘जनताले विकास, समृद्धि र न्यायको पक्षमा फैसला गर्नेछन् ।’

बाल जनकलाकारबाट राजनीतिक यात्रा

नेकपा माओवादीले २०५२ सालमा जनयुद्ध शुरु गर्नुअघि नै उनी बाल जनकलाकार बनेकी थिइन् । २०५१ सालमा जनयुद्ध तयारीको चरणमा बाल जनकलाकारबाट उनी राजनीतिमा होमिएकी हुन् ।

त्यसपछि उनी अनेमसंघ क्रान्त्किारी जिल्ला समिति कञ्चनपुरकी संस्थापक अध्यक्ष पनि भइन् । निरन्तरको त्याग, तपस्या बलिदान र संघर्षको इतिहास उनले एक पटक फेरि कोट्याइन् । बाल जनकालकार हुँदै राजनीतिमा होमिएकी उनी सरस्वती क्याम्पसमा स्ववियु सभापति जितेपछि निरन्तर पार्टी राजनीतीमा होमिइन् ।

भैरवनाथमा बाँचेकी बिना

बालककालदेखि जनयुद्धमा होमिएकी उनी संघर्षकै समयमा नेपाली सेनाको भैरवनाथ गणमा पनि बन्दी हुन पुगिन् । माओवादी नेता कार्यकर्तालाई थुनेर यातना दिँदै हत्या गरेको आरोपमा भैरवनाथ बदनाम भएको थियो ।

२०६० सालमा भैरवनाथ गणबाट शिवपुरी जंगलमा हत्या गर्न लैजाने क्रममा ट्रकमा ठाउँ नभएकाले आफू बाँच्न सफल भएको उनी बताउँछिन् । भैरवनाथमा बन्दी बनाएका धेरै माओवादी कार्यकर्तालाई शिवपुरीमा लगेर हत्या गरिएको तथ्य विभिन्न मानवअधिकारवादी संघ संस्थाले पुष्टि गरिसकेका छन्

‘अरु कमरेडहरुसहित शिवपुरीमा हत्या गर्न लैजाने क्रममा ट्रकबाट खसेकाले बाँच्न सफल भएँ’, उनले त्यो घटना सम्झिँदै भनिन्, ‘ट्रकको साँघुरो ठाउँबाट नखसेकी भए म यो अवस्थामा हुनेथिइन ।’

आफ्नै संघर्षबाट स्थापित

माओवादी केन्द्रका अध्यक्ष तथा ससुरा पुष्पकमल दाहाल प्रचण्डसँग जोडरे चर्चा गरिएकोमा उनले चित्त दुखाइन् । उनले आफ्नै संघर्षबाट आफू स्थापित हुन सकेको बताउँदै कसैसँग जोडेर चर्चा गर्न नहुने उल्लेख गरिन् ।

बिनाले आफ्नो परिवार नै राजनीतिमा लागेको बताउँदै बुवा समेत कञ्चनपुरमा माओवादीको संस्थापक सदस्य रहेको सुनाइन् । ‘म पनि पार्टीमा निरन्तर त्याग तपस्या र बलिदान गर्दै अगाडी बढेकी छु’, उनले भनिन्, ‘कञ्चनपुरबाट पहिलो पटक महिला उम्मेदवारले जितेको रेकर्ड राख्न पनि मलाई सबैको सहयोग चाहिएको छ ।’

यि खबरहरु पनी पढ्नुहोसः
जनार्दन शर्मा भन्छनः परिणाम नअाउँदै कांग्रेस पराजित भइसक्याे
प्रचण्ड जंगबहादुर र ओली महेन्द्र बन्न खोज्दैछन् : रामचन्द्र पौडेल
कम्युनिष्टले बहुमत ल्याए कहिल्यै चुनाव नै गर्दैनन् : प्रधानमन्त्री देउवा

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like