राष्ट्रपति पौडेललाई उपचारका लागि नयाँदिल्ली लगियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । बुधबार बिहान सवा दश बजे श्री एयरको एयर एम्बुलेन्स मार्फत् पौडेललाई दिल्ली लगिएको हो ।

दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा पौडेलको उपचार हुनेछ । केही दिन अघि पेटको समस्या देखिएर त्रिवि शिक्षण अस्पतालमा उपचार गराईरहनु भएका पौडेलको छातिमा समेत समस्या बल्झिएपछि उहाँलाई नयाँ दिल्ली लगिएको हो ।

शिक्षण अस्पतालका चिकित्सकको सल्लाहमा दिल्ली लगिएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभएको छ ।

You May Also Like