रुकुम पश्चिमः दुई सय बढी शिक्षक हट्दै

काठमाडौं । रुुकुमपश्चिमको आठबीसकोट नगरपालिकाले करारमा कार्यरत दुई सय बढी शिक्षकलाई हटाउने निणर्य गरेको छ । आन्तरिक आयले तलब खुवाउन नसकिने भन्दै आठबीसकोट नगरपालिकाले विभिन्न सामुदायिक विद्यालयहरुमा कार्यरत २ सय ४६ जना करार सेवा कार्यरत शिक्षकहरुको करार सम्झौता नविकरण नगर्ने निणर्य गरेको हो ।

बैशाख २ गते बसेको नगरसभा ७८ औं बैठकले आन्तरिक विद्यार्थी संख्याका आधारमा सरकारले लिएको विद्यालय समायोजनको अवधारणा अनुरुप करार शिक्षकको सम्झौता नगर्ने निणर्य भएको नगरप्रमुख रवि केसीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले आन्तरिक स्रोतबाट तलब दिंदै आएको र पालिकामा विद्यालय को संख्या धेरै भएकोले विद्यालय समायोजनमा सहज होस भन्ने उदेश्यले करार शिक्षक सम्झौता नविकरण नगर्ने वैशाख २ गते बसेको ७८ औं नगरकार्यपालिका बैठकले निणर्य गरेको बताए ।

You May Also Like