प्रधानमन्त्रीद्धारा काठमाडौं–तराई मधेस द्रुत मार्गको अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं–तराईरमधेस द्रुत मार्गको निरीक्षण अवलोकन गरेका छन्। मंगलबार प्रधानमन्त्री प्रचण्डले द्रुत मार्गका विभिन्न क्षेत्रमा निर्माण भइरहेका खण्डहरुमा पुगी अवलोकन गरेका हुन्।

उनका साथमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक तथा यातायातमन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री प्रकाशशरण महत, मुख्य सचिव शंकरदास वैरागी, सचिवहरु र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शरमा् समेत अवलोकनमा सहभागी भएका थिए।

You May Also Like