मलेसियासँगको खेल जित्न नेपाल २३६ रनको लक्ष्य पछ्याउँदै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको उद्घाटन खेलमा मलेसियासँगको खेल जित्न नेपालले २३६ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले लक्ष्य पछ्याइरहेको छ ।

यसअघि कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको हो । अहमद फैज र विरन्दीपले दोस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे । फैजले ९५ बलमा ८ र १ छक्का प्रहार गरी सर्वाधिक ७६ रन बनाए ।

विरन्दीप ९४ बलमा ४६ रन जोडे । उनले २ चौका प्रहार गरे । ओपनर मुहम्मद अमिर १७ रन बनाएर आउट भएका थिए । त्यसबाहेक खिजार हायातले २२, मुहम्मद वाफिकले २१ र मुहमद सहादतले १५ रन बनाए ।

मलेसियाले १२ रन अतिरिक्तबाट पाएको थियो । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३(३ विकेट लिए । सोमपालले ९ ओभरमा ४० रन खर्चिए भने सन्दीपले १० ओभरमा १ मेडन राख्दे ४८ रन खर्चिए ।

ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । गुलशन झाले १ विकेट लिए । प्रतियोगिताको समूह बी अन्तर्गत मुलपानी मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले हङकङ विरुद्ध ४२।१ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनाएको थियो ।

हङकङले जवाफी ब्याटिङ सुरु गरिसकेको छ ।

You May Also Like