कर्णालीमा कोरोना संक्रमितको सङख्या बढ्दै

काठमाडौं । देशभर कोरोना संक्रमितका विरामी बढीरहेको बेला कर्णाली प्रदेशमा पनि कोरोना भाइरस संक्रमित बढ्न थालेका छन् । पछिल्ला दिनहरूमा संक्रमित देखिन थालेको भन्दै स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले खोप लगाउन आग्रह समेत गरेको छ । संक्रमण बढिरहेकाले खोपमा ध्यान दिन निर्देशनालयले नागरिकलाई सचेत गराएको छ ।

खोपको पहिलो मात्रा, दोस्रो मात्रा तथा पहिलो बुस्टर डोज लगाइसकेकाले दोस्रो बुस्टर डोज लगाउन केसीले आग्रह गरे । स्थानीय तहले पनि आवश्यकता अनुसार विभिन्न ठाउँमा खोप प्रदान गरिरहेका छन् । सतर्कता अपनाउन निर्देशनालयले आग्रह गरेको छ । निर्देशनालयले संक्रमणको लक्षण देखिने वित्तिकै परीक्षण गराउन, मास्क, सेनीटाइजरको प्रयोग गर्न निर्देशनालयले अनुरोधसमेत गरेको छ ।

यो पनी पढ्नुहोस्ः पछिल्लो १० बर्षमा पहिलो पटक कर्णालीमा समयमै पुग्यो पाठ्यपुस्तक

परीक्षण गराएका ३० जनामध्ये दुईदेखि तीन जना संक्रमित फेला पर्ने गरेको निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले बताए । सेवाग्राहीको बढी चाप हुने जिल्ला प्रशासन, मालपोत, नापी र बैंक तथा वित्तीय संस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाउन निर्देशनालयले अनुरोध गरेको हो । तर सरकारी कार्यालयले नै भीडभाडलाई व्यवस्थित बनाउन सकेका छैनन् ।

स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी केसीका अनुसार कोरोना संक्रमण सहरमा मात्रै नभएर गाउँसम्म फैलिएको छ । पछिल्लो केही दिनयता देशभर नै कोरोनाको संक्रमण फैलिन थालेको छ । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । कोभिड बढेसँगै अस्पतालमा पनि बिरामी भर्ना हुन थालेका छन् । – यो समाचार आजको प्रदेश रैबार साप्ताहिकमा प्रकाशित छ ।

You May Also Like