सिंहदरबार र शीतल निवासको फोहोर उठाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । सिंहदबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर उठाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले रिट दायर गरेका हुन्। रिटमा काठमाडौं महानगरपालिकासहित र मेयर बालेन शाहसमेतलाई विपक्षी बनाइएको छ।

फोहोर उठाउने निर्णयबाट काठमाडौ महानगरपालिका पछि हट्न नमिल्ने र फोहोर धेरै समय थुप्रिँदा रोग र दुर्गन्ध फैलिने भएकाले अन्तरिम आदेश जारी हुनुपर्ने माग रिटमा गरिएको छ। स्थानीय सरकार र संघीय सरकारकाबीचमा समन्वय हुनुपर्ने र मिलेर काम गर्नुपर्ने दाबी रिटमा गरिएको छ।

महानगरका मेयर शाहले केही दिनअघि सिंहदरबार र शीतल निवासको फोहोर स‌ंकलन नगर्न निर्देशन दिएपछि फोहोर उठेको छैन।

You May Also Like