अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लाएन काठमाडौंमा

काठमाडौं, २६ जेठ ।

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लाएन नेपाल आइपुगेका छन् । उनी ४ दिने औपचारिक भ्रमणको लागि नेपाल आइपुगेका हुन् ।

बिहीबार दिउँसो सद्भावना भ्रमणका क्रममा चार्ल्स ए फ्लाएन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेर काठमाडौंमा आइपुगेका छन् । फ्लिन सन् २०२१ जुनदेखि एसिया–प्रशान्त क्षेत्रको प्रमुख छन् ।

शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा र अमेरिकी जनरलको बीचमा भेटवार्ता हुने तालिका रहेको छ । प्रधानसेनापतिले सैनिक जनरलको सम्मानमा शुक्रबार रात्रिभोज आयोजना गरेको जनाइएको छ । चाल्र्स ए फ्लिन जेठ २८ मा माउन्टेन फ्लाइटमा जाने कार्यक्रम छ । सगरमाथा आधार शिविर भ्रमणपछि सोलुखुम्बुको नाम्चे बजार माथि रहेको एभरेष्ट भ्यू होटलमा खाना खाने कार्यक्रम छ । जेठ २९ मा वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखाल र शिवपुरीस्थित सेनाको कमाण्ड एण्ड स्टाफ कलेज भ्रमण गरेर उनी अमेरिका फर्कने तालिका छ

You May Also Like