सर्वोच्चको आदेशपछि डाक्टर केसीको प्रतिक्रिया : पक्रेर जहाँ लैजान्छन्, त्यहीँ अनशन बस्छु

Skill Training      Skill Training

काठमाडौं: डाक्टर गोविन्द केसीले मान नै नभएको अदालतको पक्राउ पुर्जी आफूले नमान्ने बताउनुभएको छ ।

सर्वोच्च अदालतले केसीलाई पक्राउ गर्न प्रहरी र गृह मन्त्रालयलाई आदेशपछि उज्यालोसँग प्रतिक्रिया दिँदै उहाँले गोपाल पराजुलीका गलत कुरा बाहिर ल्याउँदा अदालतको मानहानीको मुद्दा लगाइएकोले आफूलाई त्यो मान्य नहुने बताउनुभयो । 

उहाँले आफूलाई कसैले पक्राउ गरेर लगेमा जहाँ लैजान्छन त्यही अनशन बस्ने पनि घोषणा गर्नुभएको छ । आफूलाई जस्ले जे मुद्दा लगाएर जहाँ लगे पनि भ्रष्टाचारविरुद्धको आन्दोलनमा डगमग नहुने केसीको प्रतिवद्धता छ ।

यसअघि सोमबार सर्वोच्च अदालतले अनशनरत डाक्टर गोविन्द केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरीलाई आदेश दिएको थियो । 
केसीले अदालतको अवहेलना गरेको भन्दै  न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले केसीलाई मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको हो ।

    

सर्वोच्च अदालतले चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमको डिनमा डाक्टर शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिएपछि डाक्टर केसीले प्रधानन्यायाशीश गोपाल पराजुलीको राजीनामा र पराजुलीले गरेका फैसलाको छानविनको माग गर्दै अनसन सुरु गर्नुभएको छ । अहिलेको न्यायालय न्याय दिने नभई न्यायको किनबेच गर्ने बिचौलियाको केन्द्र भएको आरोप डाक्टर केसीको छ । 

केसीले अब न्यायालयलाई आदर्शको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । डाक्टर केसीले प्रधानन्याधीशमा पराजुली नियुक्त भए यताका केही फैसलाको विवरण सार्वजनिक गर्दै त्यसको छानविन गर्न माग गर्नुभएको थियो । 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ


हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

You May Also Like