उठ्न थाल्यो उपत्यकाको फोहोर

काठमाडौं, २४ जेठ ।

उपत्यकाका सडक तथा गल्लीहरुमा लामो समयदेखि थुप्रिएको फोहोर आजबाट उठाइन थालिएको छ । नुवाकोटको बन्चरेडाँडा ल्याण्डफिल साइटमा आजबाट फोहोर फाल्न सहमति जुटेसँगै फोहोर उठाउन थालिएको हो ।
शहरी विकाश मन्त्रालयमा हिजो भएको सर्वपक्षिय बैठकमा ल्याण्डफिल साइट प्रभावित क्षेत्रका स्थानियवासीको माग सम्बोधन गरि फोहार व्यवस्थापन गर्ने सहमति जुटेको हो ।

मन्त्री रामकुमारी झाँक्रीको रोहबरमा भएको वार्तामा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, गोकर्णेश्वर नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, धादिङको धुनीवेशी नगरपालिका लगायतका स्थानिय तहका जनप्रतिनिधिहरु सहभागि थिए ।
सहमति अनुसार महानगरपालिकाले ल्याण्डफिल साइटमा फोहोर फालेपछि हरेक दिन १५ सेन्टीमिटर माटोले पुर्नेछ । त्यसको गर्दा दुर्गन्ध फैलन नपाउने बताईएको छ । यसैगरी स्थानियवासीको स्वास्थ्य विमा, सडक तथा अस्पताल निर्माणमा नेपाल सरकार र काठमाडौं महानगरपालिकाले बजेट विनियोजन गर्नेछ ।
महानगरपालिकाले अबदेखि उपत्यकामा संकलन हुने फोहोरलाई कुहिने र नकुहिनेमा वर्गिकरण गर्नेछ ।साउनदेखि कुहिने र नकुहिने फोहेरलाई अलग्गै राख्नुपर्न व्यवस्था महानगरपालिकाले गरेको छ ।
कुहिने फोहोरलाई अर्कै ठाउँमा जमिन खोजेर कम्पोस्ट मल बनाउने तयारी गरिएको छ ।

You May Also Like