जडीबुटी निकासी घट्दै

सिमकोट । साउन महिनायता जिल्लाबाट जडीबुटी निकासी परिमाण घट्दै गएको पाइएको छ। गत वर्षभन्दा यस वर्ष जिल्लाबाट निकासी हुने जडीबुटी तीन सय प्रतिशतभन्दा घटेको पाइएको हो।

डिभिजन वन कार्यालयका प्रमुख बलमलाल चौधरीले यस आर्थिक वर्षको साउन महिनायता जिल्लाबाट बाहिर निकासी हुने जडीबुटीको परिमाण जम्मा १४९ दशमलव ६८ क्विन्टल रहेको बताए।

जबकि गत वर्ष साढे चार सय क्विन्टल जिल्लाबाट निकासी भएको थियो। यस वर्ष जडीबुटी व्यापारीले नौ प्रकारका जडीबुटी बुकीफुुल, वन लसुुन, कुट्की, खिरौला, अत्तिस, अल्लो निकासीका लागि ३६० दशमलव १५ क्विन्टलको संकलन पुुर्जी कार्यालयबाट लिएका थिए।

उनले व्यापारीले संकलन पुर्जी लिने तर किसानबाट जडीबुटी कम संकलन हुने भएकाले निकासी दर घट्दै गएको बताए। यसमा कुट्टी ८९ क्विन्टल, वन लसुुन ६८ केजी, खिरौला ९ सेतक चिनी ० साठी क्विन्टल मात्र जिल्लाबाट निकासी भएको कार्यालयको रेकर्डमा देखिन्छ। यी जडीबुटी निकासीबाट पाँच लाख आठ हजार ४० रुपैयाँ मात्र राजस्व संकलन भएको देखिन्छ।

संकलन पुर्जीअनुुसारको जडीबुटी निकासी भएको भए राज्यलाई ११ लाख ५९ हजार ७ सय ८५ रुपैयाँ राजस्व संकलन हुने थियो।

अर्को कुरा जटामसीको निकासीका लागि विभागले नै संकलन पुर्जी दिने र राजस्व पनि उतै उठाउने भएकाले जिल्लाबाट जडीबुटी कम निकासी भएको देखिएको हो।

You May Also Like