नागरिकलाई गोली हान्न सरकारले आदेश दिदैन, बर्दियामा गोली चलाउने प्रहरीलाई कारवाही गर्छौ, : गृहमन्त्री वालकृष्ण खाँण


काठमाडौं, २४ जेठ ।

गृहमन्त्री वालकृष्ण खाँणले बर्दियाको मधुवन सोनामा प्रहरीको गोलीबाट मृत्यु भएकी नविना चौधरीको घटना’bout प्रतिनिधि सभा बैठकमा जानकारी गराएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा उनले सीडीओको आदेशबिना प्रहरीले गोली चलाउँदा चौधरीको मृत्यु भएको बताउँदै दोषी प्रहरीलाई कारवाही गर्ने प्रतिबद्धता व्याक्त गरे ।

सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले दोषीलाई कारवाही गर्नका र घटनाको सत्यतथ्य छानविनका लागि गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएको जानकारी गराएका छन् । घिमिरेको नेतृत्वमा प्रहरी उपरिक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका गिरिराज पाण्डे लगायत ५ जनाको छानविन समिति बनाइएको छ ।

नागरिकलाई गोली हान्न सरकारले आदेश नदिने भन्दै मन्त्री खाँणले दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए । मंगलबार विहान सर्वदलीय बैठक बसेको, घाइतेको उपचार गर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने, मृतकको परिवारलाई भरणपोषणको व्यवस्था मिलाउने बताए ।

You May Also Like