काठमाडौंको धोबिखोलामा एकजना पुरुष मृत अवस्थामा फेला


काठमाडौं, २४ जेठ ।

काठमाडौंको धोबिखोलाको ढलाने पुलमुनि एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । कपनस्थित धोबिखोलामा मंगलबार फेला परेको हो ।

प्रहरीका अनुसार मंगलबार बिहान साढे ८ बजेतिर स्थानीयले खोलामा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।धोबिखोला कोरिडोरको बाटो गोपीकृष्ण हलबाट अगाडि बढ्ने क्रममा निलो पुल पुग्नुअघि नवनिर्मित ढलाने पुलमुनि खोलामा बेवारिसे शव भेटिएको कपन प्रहरी वृत्तले जानकारी दिएको छ ।

प्रहरीका अनुसार शवको सनाखत भएको छैन । शवको सनाखत गर्नको लागि मृतकका आफन्तलाई खोज्ने काम गरिरहेको प्रहरीले जनाएको छ ।

तस्बिर / देवि कृष्ण रोकाया/रारा सञ्चार 

You May Also Like