बजारमा ६ खर्ब ८ अर्ब रुपैयाँ नगद परिचालन

काठमाडौं । यतिबेला बजारमा ६ खर्ब ८ अर्ब रुपैयाँ नगद परिचालन भइरहेको केन्द्रीय बैंकले जनाएको छ । जेठ मसान्तसम्मको रिपोर्ट सार्वजनिक गर्दै केन्द्रीय बैंकले बजारमा कूल ६ खर्ब ८ अर्ब ५१ करोड ५९ लाख ६९ हजार २७३ रुपैयाँ क्यास सर्कुलेशन रहेको जनाएको हो ।

यो अघिल्लो वर्षको भन्दा ३ अर्ब ५१ करोड १६ लाख रुपैयाँले कम हो । आर्थिक वर्ष २०७८र७९ को असार मसान्तसम्म यस्तो क्यास सर्कुलेशन ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख ३ हजार ९७० रुपैयाँ रहेको थियो । घटेको पैसा बैंकिङ च्यानलमा फर्किएको हो ।

You May Also Like