नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार बढी पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ । आज मंगलबार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको हो ।

      यसैबीच पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई ७६८ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ ।

You May Also Like