कक्षा ११ को आंशिक परीक्षाको नजिता सार्वजनिक, ३६ प्रतिशत उत्तीर्ण

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले गएको असारमा सञ्चालन भएको आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा दिएकामध्ये ३५ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो वर्ष १ लाख १ हजार ३ सय ७५ विद्यार्थी आंशिक परीक्षामा सामेल भएकोमा ३६ हजार ७४ विद्यार्थी उत्र्तीण भएको बोर्डले जनाएको छ । यो २१ जना परीक्षार्थीको भने परीक्षा रद्द गरिएको छ ।

परीक्षाको नतिजा थाहा पाउन www.moe.gov.np लगअन गर्नुपर्ने बोर्डले जनाएको छ । यस्तै NEB टाइप गरेर एक स्पेस दिएर सिम्बोल नम्बर लेखेर १६०१ नम्बरमा एसएमएस गर्न सकिने पनि बोर्डले जनाएको छ । नतिजामा चित्त नबुझेमा १५ दिनभित्र परीक्षा बोर्डको शाखा कार्यालय वा मुख्य कार्यालय सानोठिमीमा निवेदन दिन सकिनेछ ।

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like