कालिकोट : मतदान केन्द्रमा नेकपाका कार्यकर्ताद्वारा ढुंगामुढा

कालिकोट: कालिकोटको पलाता गाउँपालिका–६ को जाँफे प्राविमा केन्द्रमा चुनावका लागि गएका क्रमचारीमाथि नेपाल कम्युष्टि पार्टीका कार्यक्रताले ढुंगामुढा गरेका छन् । उनीहरुले शुक्रबार राति कर्मचारीलाई लक्षित गरी ढुंगामुढा भएको हो । ढुंगामुढापछि नेपाल प्रहरीले हवाई फायर गरेको र आक्रमणकारी भागेको प्रहरी निरीक्षक निरोज चौलागाईंले बताउनुभयो ।

नेकपाका कार्यक्रताले पलाता–४ को छलाहाँमा राँके जुलुस समेत निकालेको स्थानीय बासिन्दाले बताएका छन् । सुरक्षा व्यवस्था कडापारिको भए पनि नेकपाका कार्यक्रताले मतदातालाई तर्साइरहेका छन् ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like