वीरगञ्जको ग्यास उद्योगमा भिषण आगलागी, दुई जनाको मृत्यु

काठमाडौँ । वीरगञ्ज महानगरपालिका– २४ स्थित पटेलनगरमा रहेको सुपर ग्यासको प्लान्टमा भीषण आगलागी भएको छ । बिहान ६ बजेतिर भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ भने ६ कामदार घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि गण्डक अस्पताल लगिएको छ । 

आगो नियन्त्रणका लागि गएको वीरगञ्ज उपमहानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । दमकल जल्दा यसका कर्मचारी सविन नेपाल घाइते भएका छन् । आगो नियन्त्रणको प्रयास जारी रहेपनि आगलागी फैलँदै गएपछि नियन्त्रण बाहिर छ । ग्यास सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रणहरुसमेत नजिक जान सकेका छैनन् । 

उनीहरू अागाे लागेकाे स्थानभन्दा २-३ सय मिटर परै छन् । उद्योगभित्र कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न सकेकाे छैन । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीको टोली पुगेकाे छ ।

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like