नेपालमा कोरोना संक्रमितको संख्या झण्डै ४० हजार नजिक, आजै ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या झण्डै ४० हजार नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै देशभर कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज कोरोना पुष्टि हुनेमा ३ सय ३ जना महिला र ५ सय ९६ जना पुरुष रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ ।

   पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५ सय ८८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २१ हजार ४ सय १० जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।

       यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमितको संख्या १७ हजार ८ सय २२ जना छन् भने ७ हजार ३ सय ३७ जना क्वारेन्टाइनमा रहेका छन । आज सोमबार ११ हजार १ सय २९ जनाको पिसिआर गरिएको छ। हाल सम्म ६ लाख ९३ हजार ४ सय ७२ जनाको पिसिआर गरिएको छ।

You May Also Like