भारत र चीनबीच फेरि तनाव

लद्दाखमा भारत र चीनबीच फेरि तनाव सुरु भएको छ । सीमा क्षेत्र सम्बन्धी भएको सहमति विपरित चिनियाँ सैनिकले उक्साउने कदम चालेको, तर आफूहरु रोकेको भारतीय सेनाले बताएको छ । पेंन्गोंग त्सो लेकमा चिनियाँ सैनिकको उत्साहटपूर्ण कदमलाई रोकेको भन्दै भारतीय सेनाले वक्तव्य जारी छ । वक्तव्यमा भनिएको छ, भारतीय सेना सम्वाद मार्फत शान्ति कायम गर्ने पक्षमा छ तर आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाका लागि पनि प्रतिवद्ध छ ।’ उसका अनुसार यो झडप २९ अगष्टमा भएको थियो । तनावका विषयमा थप जानकारी भने आउन बाँकी छ ।

त्यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले भारत चीन सीमा रेखामा तनाव १९६२ पछि सबैभन्दा गम्भीर स्थितिमा रहेको बताएका थिए ।

You May Also Like