गायक थापालाई मंसिरमै बेहुली चाहियो

लोक दोहोरी गायक गोपाल जंग थापाले चश्मा लाउँछु कालो बोलको नयाँ गित बजारमा ल्याएका छन । चर्चित गायिका तथा कार्यक्रम सञ्चालिका उमादेवी खनाल र गायक थापाको स्वरमा रहेको यस गितको अभिनयमा थापालाई चित्रकला बुढाले साथ दिएकी छिन । विशेष गरी नेपाली परम्परा अनुसार प्रायः मंसिर महिना विवाहको सिजन हुन्छ त्यसैले पनि यहि सिजनमा चश्मा लाउँछु कालो, तिमी बेहुली म बेहुला हुने आयो भन्छन पालो गित सार्वजनिक गरिएको गायक थापाले बताए ।

            उनले यो गितको शब्दमा नेपाली मौलिकतालाई नै प्राथमिकता दिएको बताए । हामीले गितमा सके सम्म उपयुक्त खालका शब्द राखेका छौ, सञ्चारकर्मी समेत रहेका गायक थापाले भने त्यसैले यो गीतलाई पनि अरु गित झै शुभचिन्तकहरुले मन पराउनु हुनेछ । यस गीतको भिडीयो छायांकन राज मल्लले गरेका हुन । गितमा चर्चित एरेन्जर विजय कुमार थापार मगरको संगीत संयोजन रहेको छ भने शब्द, संगीत र भिडीयो निर्देशन गायक थापाले नै गरेका हुन् ।

                     प्रायः नेपाली समाज र देशमा घटेका वास्तविक घट्नाहरुलाई समेटेर गीत गाउने थापाले यसपालि भने मनोरञ्जनात्मक गित दर्शक माझ ल्याएको बताए । यसअघि गायक थापाले भत्ता पचाउन, नेपालका नेता, क्या राम्रो रैछ नि साँफेबगर, बर पिपल छायाले, धेरै भए फटाहा जाली, नाच्ने बुढी चाहियो लगायतका गीतहरु बजारमा ल्याइसकेका छन ।

भिडीयो हेर्नुहोस ।

You May Also Like