कालिकोटमा ६० प्रतिशत रोपाई सकियो

कालिकोट: कालिकोटमा ६० प्रतिशत धान रोपाई सम्पन्न भएकोे जिल्ला कृषि बिकास कार्यालय कालिकोटले जनाएको छ । गतबर्ष यस समयमा धान रोप्न अझै ७० प्रतिशत रहेको थियो । तर यो वर्ष ६० प्रतिशत रोपेर सकिएको जिल्ला कृषि बिकास कार्यालय कालिकोटका बरिष्ठ कृषि विकास अधिकृत सुनिल कुमार सिहंले जानकारी दिनुभयो ।

जिल्लाको चिल्खाया, राष्कोटको सिपखाना, स्युना, फुकोट भर्ता लगायतका विभिन्न ठाउँमा धान खेती हुने गरेको छ । कालिकोटमा जेठ अन्तिम साता अषाढ दोस्रो साता र अषाढ तेस्रो सात गरि तीन जातको धान रोप्ने गरेकोले अहिले दोस्रो र तेस्रो पटकको धान रोपाई भईरहेको सिहंले बताउनुभयो ।

यवर्षमा मात्रै करिब ७ हजार ५८ हेक्टर क्षेत्रफलमा धान खेती गरिने उहाँले जानकारी दिनुभयो । कालिकोटमा अहिले परिरहेको सिमसिमे झरीले बढि जसो लहरेबाली जस्तै सिमी, मास, भटमास मकै र फलफूमा स्याउ ओखर आरु लगायतका विरुवामा फाइदा पुग्ने पनि उहाँले बताउनु भयो ।

You May Also Like