कोरोनाले एकै दिन लियो आमा छोराको ज्यान

धरानमा कोरोनाका कारण आमा छोराको ज्यान गएको छ । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् दुई जना कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार धरान उपमहानगरपालिका वडा नम्बर १७ की ७४ वर्षीया वृद्धा र उनकाका ६० वर्षीय छोराको मृत्यु भएको हो ।
वृद्दाको आमाको आइतबार बिहान साढे ८ बजे र छोराको बिहान ७ः४५ मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले बताए । सापकोटाका अनुसार मधुमेह, उच्च रक्तचापकी बिरामी वृद्धालाई अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या आएको थियो । एक सातादेखि उक्त समस्या भएकी उनलाई गम्भीर अवस्थामा भर्ना गरिएको थियो । उनको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो ।

त्यसैगरी ६० वर्षीय पुरुष शनिबार राति ९ बजे भर्ना भएका थिए । उनलाई विगत १० दिनदेखि अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासको समस्या थियो ।

You May Also Like