नेपालमा कोरोना संक्रमित संख्या ३० हजार नाघ्यो, आजै ८३८ जना संक्रमित

नेपालमा कोरोनाको संक्रमणको संख्या ३० हजार बढी पुगेको छ । आज पछिल्लो २४ घण्टमा मात्र ८३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर रिपोर्ट परीक्षण गर्दा ८ सय ३८ जनाको संख्यमा कोराना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । जसमा उपचार गरेर निको भएर १८ हजार २१४ जना डिस्चार्ज भै सकेका छन् । शुक्रबारमात्र २५० जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।

स्वास्थय मन्त्रालयका अनुसार शुक्रबारमा मात्र सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १४२ जना कोरोना संक्रमित थपिएको जनाएको छ । कैलालीमा ८५ जना, पर्सामा ८०, जुम्लामा ५३ जना, मोरङमा ४५, बारामा ४०, अछाममा ३८, डोटीमा ३४, मकवानपुरमा ३२, सुनसरीमा २९ जना, ललितपुरमा २५, सर्लाही २४, चितवनमा २३, बाँकेमा २० जनामा कोरना संक्रमण देखिएको छ ।

नवलपरासी पूर्वमा १९, रुपन्देही १७, सिरहा १६, भक्तपुरमा १५, कञ्चनपुरमा १४ जना, जना, रौतहटमा ११, सिन्धुलीमा ८, झापामा ७, बर्दिया र प्युठानमा ६र६ जना, सप्तरीमा ५ जना, इलाम र दाङमा ४र४ जना, धनुषा, बागलुङ, रुकुम पश्चिम र बैतडीमा तिन, तिन जनामा कोरोना देखिएको छ । त्यस्तै मनाङ, नुवाकोट, उदयपुर, कपिलवस्तु र डडेल्धुरामा पनि दुई दुई जनामा संक्रमित खेखिएको छ।

अन्य जिल्ला ताप्लेजुङ, पाँचथर, पर्वत, कास्की, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, रसुवा, दोलखा, धादिङ, कालीकोट, दैलेखमा एक, एक जनामा कोरोना देखिएको छ । कोरोनाको संख्या वृद्धि हुदैजादा काठमाण्डौ लगायत देशका बिभिन्न जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गरेकाछन् । काठमाण्डौ उपत्यकाका अहिले सुनसान रहेकोछ ।

You May Also Like