जुम्लामा एमाले उम्मेदवार रोकाया दोब्बर मतले विजयी

नन्दराम जैशी । जुम्लामा बाम गठबन्धनका उम्मेदवार पदम बहादुर रोकाया अत्यधिक बहुमतले विजयी हुनु भएको छ ।  जुम्ला निर्वाचन क्षेत्र नं ख सिंजाबाट बामगठबन्धन तर्फका एमाले उम्मेदवार रोकायाले अत्यधिक बहुमत प्राप्त गर्दै विजयी हुनु भएको हो । विजयि रोकायाले १० हजार ४ सय ५८ ल्याउनु भएको छ । भने उहाका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रीक गठबनधन तर्फ नेपालि कांग्रेसका उम्मेदवार भिमनिधि हमालले ५ हजार २ सय ८० मत प्राप्त गर्नुभएको थियो । 

निर्वाचन क्षेत्र नं ख बाट जम्मा खसेको १७ हजार ८ सय २६ मत मध्य १७ हजार २ सय ८२ मत सदर भएको छ । भने जसमा ५ सय ४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like