सिता एअरको जहाँजबाट मुगुका ४५ भन्दा बढी नागरिकको उद्धार

कोभिड १९ का कारणले लामो समयदेखि काठमाण्डौं, नेपालगञ्ज, सुर्खेतमा लगायत देशका विभिन्न स्थानमा बन्दाबन्दि र समस्यामा परेका मुगु जिल्ला बासिहरुकालागी मुगुका प्रतिनिधि सभा संसद गोपाल वहादुर बम र रारा एड्भेन्चर ट्राभलका संचालक तथा पर्यटन व्यवसायि देबिकृष्ण रोकायाको पहलमा नेपालगञ्जबाट ३ वटा उडानमा ४५ जनाको उद्धार गरिएको छ । उक्त उडानमा मुगुका विद्यार्थि, विरामि, अपांग महिला , कर्मचारी लगायत बन्दा वन्दिको कारणले घर नजान नपाई समस्यामा परेका जनताहरुलाई सहज संसद गोपाल ब. बमले बताए ।


रारा एड्भेन्चर प्रा.ली.र सिता एअरको सहकार्यमा काठमाण्डौं, नेपालगञ्ज र सुर्खेतबाट जिल्ला प्रशासन कार्यालय मुगुको सम्मन्वयमा आवश्यकता अनुसार उद्धार चार्टर उडान गरिएको रारा एड्भेन्चर प्रा.ली.का संचालक देबिकृष्ण रोकायाले वताए । काठमाण्डौंबाट नेपालगञ्जमा जिप र नेपालगञ्जबाट प्लेनमा मुगु उडान गरेको रोकायाले वताए । हवाई यात्रागर्ने यात्राुहरुको पि.सि.आर.वा आर डि.टि.परिक्षणको रिपोर्ट अनिवार्य गरिएको छ । परिक्षणकालागी काठमाण्डौंको शुक्रराज टर्फिकल अस्पताल टेकुमा र नेपालगञ्जको भेरी अस्पतालमा परिक्षण गर्ने व्यवस्था मिलाईएको छ ।

चैत्र ११ गते देखि लगडाउन सुरु भए संगै मुगुमा हवाई उडान हुन सकेको थिएन । वर्खा समयमा कर्णाली राजमार्गको नाग्म गमगढि सडक उवरुद्ध भएकोछ । मुगु जिल्ला बासिहरुलाई सडक अवरुद्ध भई प्लेन नचल्दा अत्याआवश्यक कामकाज गर्न र विरामिहरुलाई समस्या भएकोले सिताएअरको जहाँजबाट उडान नेपालगञ्जबाट मुगुकालागी उडान गर्न पहल गरिएको रारा एड्भेन्चर प्रा.ली.का संचालक रोकाया वताउन्छन् । कर्णाली राजमार्ग उवरुद्ध भए संगै जहाज उडाउनुको विकल्पै नभएको र बस भन्दा प्लेन सुरक्षित हुने भएकाले सरकारले कर्णालीकालागी सुरक्षा बिधि अपनाएर जहाँज उडाउन दिनु पर्ने र कर्णालीमा सडक राम्रो नभएकाले सुरक्षा विधि अपनाएर आन्तरिक उडान खोल्नु पर्ने रोकाया वताउन्छन् ।  उडान भए संगै मुगुबाट काठमाण्डौ र नेपालगञ्जकालागी रिफर गरेका विरामि संगै अत्याआवश्यक काममा जानु पर्ने कर्मचारी र सर्वसाधारणले राहात पाएका छन् । अहिले सरकार संग १० फलाईटको उडान अनुमति मागेका र आवश्यता अनुसार सरकार संग थप उडान गर्न पहल गर्ने रोकायाले वताए ।

हेर्नुहाेस् भिडियाेः

You May Also Like