माननिय गोपाल बहादुर बमको पहलमा सिता एअरले मुगुमा उद्धार उडान गर्ने ।

कोभिड १९ का कारणले लामो समयदेखि काठमाण्डौं, नेपालगञ्ज, सुर्खेतमा लगायत देशका विभिन्न स्थानमा बन्दाबन्दि र समस्यामा परेका मुगु जिल्ला बासिहरुकालागी मुगुका संघिय संसद गोपाल वहादुर बमको पहलमा काठमाण्डौं नेपालगञ्ज, सुर्खेतबाट मुगुकालागी हवाई उद्धार उडान हुने भएको छ । उक्त उडानबाट विद्यार्थि, विरामि, अपांग महिला लगायत समस्यामा परेका जनताहरुलाई सहज हुने संसद गोपाल वहादुर बमले वताए ।

चैत्र ११ गते देखि मुगुमा हवाई उडान हुन सकेको छैन । रारा एड्भेन्चर प्रा.ली. र सिता एअरको सहकार्यमा काठमाण्डौं नेपालगञ्ज र सुर्खेतबाट जिल्ला प्रशासन कार्यालय मुगुको सम्मन्वयमा आवश्यकता अनुसार उद्धार चार्टर उडान हुने रारा एड्भेन्चर प्राली.का संचालक देबिकृष्ण रोकायाले वताए । काठमाण्डौंबाट नेपालगञ्जमा जिप वा हाईस र नेपालगञ्जबाट प्लेनमा मुगु उडान गर्ने रोकायाले वताए । हवाई यात्रा गर्ने यात्रुहरुले पि.सि.आर. वा आर डि.टि. परिक्षण अनिवार्य गर्नु पर्नेछ । परिक्षणकालागी काठमाण्डौंको शुक्रराज टर्फिकल अस्पताल टेकुमा र नेपालगञ्जको भेरी अस्पतालमा परिक्षण गर्ने व्यवस्था मिलाईएको छ । हवाई यात्रुहरुको आज नेपालगञ्ज भेरी अस्पतालमा मुगुका २० जनाको आर.डि.टि. परिक्षण गरिएको छ ।

You May Also Like