कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा देविकृष्ण रोकाया

काठमाडौं । कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा मुगुका देविकृष्ण रोकाया सर्वसम्मत चयन भएका छन् । सोमबार काठमाडौंमा भएको तेस्रो साधारण सभाले रोकायाको अध्यक्षतामा ९ सदस्य सहितको नयाँ कार्यसमिती चयन गरेको हो । नयाँ कार्यसमितीमा क्रमश उपाध्यक्षमा प्रेम बहादुर लामा, सचिवमा खडक रोकाया, सह–सचिवमा मनराज सिमखडा र कोषाध्यक्षमा च्याङजोर लामा रहेका छन् । यस्तै हरिकृष्ण रावल, छेतेन डोल्मा लामा र राकेश शाही सदस्य रहेका छन् । नयाँ कार्यमितीमा निवर्तमान अध्यक्ष जगबहादुर बुढा पनी छन् ।

कर्णालीको पर्यटनका सम्भावनाहरुको पहिचान गरि पर्यटन बिकास र प्रवद्र्धन गर्ने उदेश्यका साथ स्थापना भएको समाजले बिगतका बर्षहरु देखी नै कर्णालीका पर्यटन उद्यमीहरुलाई एउटै साझा मञ्च उपलब्ध गराएकाले यसले उद्यमीहरुलाई हौसला र पर्यटन उद्योगमा सहयोग पुग्ने निवर्तमान अध्यक्ष जग बहादुर बुढाको विश्वास छ ।

यस्तै, जंग बहादुर लामा, प्रेम दोर्चे लामा र जितेन्द्र झांक्री सल्लाहकारका रुपमा रहेका छन् ।

निती निर्माणको तहमा कर्णालीको उपस्थितीलाई प्रभावकारी बनाउने

यता नवनिर्वाचित अध्यक्ष रोकायाले पर्यटन क्षेत्रको निती निर्माणको तहमा कर्णालीको उपस्थितीलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘बिशेषगरि केन्द्र सरकार, प्रदेश सरकार र नेपाल पर्यटन बोर्डसंग समन्वय गरि कर्णालीको पर्यटनलाई अन्र्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्न आवश्यक रहेको छ ।’ उनले भने ‘त्यसका लागी कर्णालीका पर्यटन संग सम्बन्धित सबै एकै ठाउँमा उभिएर अघि बढ्न आवश्यक रहेको छ ।’

साथै ‘यसबर्ष, कर्णाली घुम्नुपर्छ’ भन्ने नारालाई अघि बढाइ कर्णालीमा पर्यटक आकर्षित गर्न तर्फ सबै लाग्नुपर्नेमा उनको जोड छ । कर्णालीमा रहेका पर्यटकिय क्षेत्रहरुको जानकारी संकलन गरि तिनलाई प्रवद्र्धन गर्ने, हवाई उडानका समस्या पहिचान गरि सरोकारवाला संग समाधानका लागी पहल गर्ने, पदमार्गहरुको पहिचान गरि व्यवस्थितगर्ने, पर्यटनका लागी आवश्यक दक्ष जनशक्ति उत्पादन तथा अन्र्तराष्ट्रिय बजारमा कर्णालीलाई पु¥याउने आफ्नो उदेश्य रहेको उनको भनाई छ ।

नवनिर्वाचित अध्यक्ष रोकाया बिगत एक दशक यता कर्णालीको पर्यटन प्रर्वद्धनमा सक्रिय छन भने युवा पर्यटन व्यवसायी पनी हुन । रोकाया रारा इको रिर्सोट र रारा एड्भेन्चरका सञ्चालक पनी हुन ।

You May Also Like