रिंगिट, रियाल र दिर्हामको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २४ पैसा र विक्रिदर २७ रुपैयाँ ४० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०६ पैसा र विक्रिदर २८ रुपैयाँ २२ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८१ पैसा र विक्रिदर २७ रुपैयाँ ९८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ८२ पैसा र विक्रिदर २५ रुपैयाँ ९७ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५९ पैसा र विक्रिदर ९ रुपैयाँ ६५ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३९ रुपैयाँ ८५ पैसा छ भने विक्रिदर ३ सय ४१ रुपैयाँ ८५ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७० रुपैयाँ ९८ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ५७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

 

You May Also Like