एमसिसी चाहिदैन, देश बेच्न पाईदैन भन्दै बालुवाटारको सडकमा ओर्लिए युवाहरु

काठमाडौँ २०७७ असार ८ एमसिसी खारेज गर्न माग गर्दै आज (सोमबार) पनि काठमाडौँमा प्रदर्शन भएको छ । बालुवाटारमा सोमबार दिउँसो युवाहरुले एमसिसी खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले राष्ट्रघाती एमसिसी खारेज गर भन्दै प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । पछिल्ला दिनहरुमा एमसिसीविरुद्ध दिनहुँ प्रदर्शनहरु भइरहेका छन् ।

एमसिसि खारेजी नभए सम्म निरन्तर प्रदर्शन जारी रहने र देश व्यापी रुपम खबरदारी सभाहरु चालिराख्ने युवा बिद्यार्थी नेता कृष्ण प्रसाद रिजालले बताएका छ्न ।

तर सरकारले एमसीसी सम्झौता खारेज गर्न नसकिने बताइरहेको छ । प्रधानमन्त्री केपी ओलीले सम्झौता अध्ययन नै नगरेकाहरुले जथाभावी टिप्पणी र प्रदर्शन गरिहरेको बताएका थिए ।

त्यसको जवाफ स्वरुप युवाहरु ले सडकमै एम सि सि सम्झौता पढेर व्यंग्य समेत गरेका थिए !

You May Also Like