गाउँ पर्यटन पर्वद्धन मञ्च नेपाल (भिटोफ नेपाल) को नवनिर्वाचित कार्यसमितिको पदभार हस्तान्तरण

नवनिर्वाचित कार्यसमितिको सामुहिक तस्विर

गाउँ पर्यटन पर्वद्धन मञ्च भिटोफ नेपालका नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनियताको सफत लिएकाछन् । आज काठमाण्डौंको ठमेलमा एक कार्यक्रमका विच निवर्तमान कार्यसमितिले नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको थियो । नवनिर्वाचित कार्यसमितिका अध्यक्ष धुर्व सिमखडाले भिटोफमा राजतिक मुक्त गरि निर्वाचन अघि गरिएका प्रतिवद्धता पूरा गदै सबैलाई मिलाएर लिने वताएका छन् ।

निर्वाचित कार्य समितिलाई सुभकामना तथा बधाई दिदै निवर्तमान अध्यक्ष राम प्रसाद सापकोटा (कमल) ले निर्वाचनमा विजयी हुन नसकोकालाई पनि मिलाएर लिन अनुरोध गरेकाछन् । कार्यक्रममा भिटोफ नेपालका प्रमुख सल्लाहकार डा. प्रेम शर्मा, पर्यटन वोर्डका सदस्य दिपक महत र टानका अध्यक्ष नवराज दाहालले निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उक्त कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

You May Also Like