‘फुकोट कर्णाली’ भारतको जिम्मा

काठमाडौं । नेपाल र भारतबीच ७ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता फुकोट कर्णाली ४८० मेगावट जलविद्युत आयोजना निर्माणको जिम्मा भारतलाई दिने उल्लेख छ ।

बुधबारदेखि चार दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच नयाँ दिल्लीमा सात बुँदे सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त हस्ताक्षरमा नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन, तल्लो अरुण हाइड्रोपावर प्रोजेक्ट, फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट, क्रस बोर्डर पेमेन्ट समझदारी, सिलीगुडी(झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने विषयको समेटिएको छ ।

You May Also Like