कांग्रेसका आचार्य मन्त्रीमा नियुक्त, आजै शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गर्नुभएको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले आचार्यलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

मन्त्री आचार्यको शपथ ग्रहण आइतबार दिउँसो साढे १२ बजे शीतल निवासमा तय गरिएको छ । हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आउनु भएका जसपाका महिन्द्रराय यादवलाई भने खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मा दिइएको छ ।

खानेपानी मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हाल्दै आउनु भएको थियो । प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तार गरेको यो दशौं पटक हो ।

You May Also Like