बरिष्ठ फिल्मकर्मी चेतन कार्कीको निधन

 

 

 

 

 

उपन्यासकार, गीतकार,कवि एवं फिल्मकर्मी चेतन कार्कीको निधन भएको छ ।

८४ बर्षीय कार्कीलाई गत आईतबार कोभिड भएपछि छाउनी हस्पिटल भर्ना गरिएको थियो । जस अनुरुप उनको स्वस्थ्यमा सुधार नआएपछि आज बिहान १० बजे उनले देह त्यागेका हुन ।

विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी जस्ता फिल्मको निर्देशन समेत गरेका कार्कीले सयौ नेपाली फिल्ममा स्क्रिप्ट राईटर तथा लिरिक्स राईटरको भूमिकामा आफूलाई सधै अब्बल दर्साएका थिए । उनले नीर शाहको पहिलो फिल्म परिर्वतन देखि स्क्रिप्ट लेखन समेत सुरुवात गरेका थिए ।

‘नेपाली फिल्म उद्योगले आज एउटा जिउँदो ईतिहास गुमाउनु परेको छ तपाईको निधन भएपनि तपाईका सुत्रहरुलाई हामी सदा जिवित राख्दै पालना गर्नेछौँ ‘ भन्दै नीर शाहले फेसबुकको टाईमलाईनमा उनलाई श्रद्धाञ्जली दिएका छन् । यसैगरी चेतनको पहिलो प्रेममा अभिनेत्री भएर खेलेकी करिश्मा मानन्धरले पनि ‘तिमी मेरो हिरो हौँ ‘भन्दै श्रद्धाञ्जली दिएकी छिन् ।

यसै क्रममा कलाकारसंघका उपाध्यक्ष मोहन निरौलाले चेतन जस्तो अदभूत लेखन क्षमता भएका फिल्मकर्मीलाई गुमाउँन पर्दा निकै दुखि रहेको बताएका छन् । उनले भनेका छन् भावीको यो निर्णयलाई स्वीकार्नै पर्यो तसर्थ उहाँको बैकुण्ठ यात्राका लागि हामी तयारी गरिरहेका छौँ । सके सम्म सुरक्षित भएर उनको विदाईमा उपस्थित भईदिन निरौलाले आग्रह पनि गरेका छन् ।

You May Also Like