नेपाली क्रिक्रेट टोली आज युएइ जाँदै

काठमाडौं: विश्व क्रिकेट लिग च्याम्पियनसिप डिभिजन टू तयारी खेल खेल्ने नेपाली टोली आज संयुक्त अरब इमिरेट्स जाँदैछ । नेपाली टोली दिउँसो साढे ४ बजे इत्तिहाद एयरको विमानबाट युएइ जान लागेको हो । प्रतियोगिताको तयारी स्वरुप नेपालले युएई ए टीमसँग २ वटा र युएइ इलाभेन टीमसँग एउटा अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाली टोली उतैबाट नामिविया जानेछ ।

 

यही माघ २५ गतेदेखि नामिवियामा हुने  प्रतियोगितामा नेपालले क्यानडा, केन्या, नामिविया, ओमान र युएईसंग खेल्नेछ । डिभिजन टू को शिर्ष २ मा पर्न सके नेपालले विश्वकप क्रिकेटको छनौट खेल्न पाउनेछ ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टीममा उपकप्तान ज्ञानेन्द्र मल्लसहित शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दिप लामिछाने, दिलिप नाथ, ललित भण्डारी, अनिलकुमार शाह र रोहितकुमार पौडेल छन् ।

बैकल्पिक खेलाडीमासुनिल धमला, ललितनारायण राजवंशी, सिद्धान्त लोहनी, र किशोर महतो छन् । 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like