मलेसियासँग नेपाल फेरि पराजित

KUALA LUMPUR, MALAYSIA – JUNE 01:
during match one of the 2023 MCA Bilateral Series between Nepal Women vs Malaysia Women at YSD-UKM Oval on June 01, 2023 in Kuala Lumpur, Malaysia (Photo by Peter Lim/PhotoDesk.com.my for Malaysia Cricket Association)

एजेन्सी । नेपाली महिला क्रिकेट टिमले टी–२० अन्तर्राष्ट्रिय सिरिजको चौथो खेलमा मलेसियासँग हार ब्यहोरेको छ ।

शनिबार भएको खेलमा घरेलु टिम मलेसियासँग नेपाल चार विकेटले पराजित भएको हो । ९८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटायो । मलेसियाकी विनिफ्रेड दुराईसिंगमले ३८ र महिराह इस्माइलले १६ रन बनाए । बलिङतर्फ नेपालका कविता कुँवर, कप्तान रुविना क्षेत्री, सीता रानामगर र कविता जोशीले समान १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ९७ रन मात्रै बनाएको थियो । नेपालका लागि इन्दु बर्माले ३२ र विन्दु रावलले २४ रन बनाए ।

यो जितसँगै मलेसियाले पाँच खेलको टी–२० सिरिजमा २–२ को बराबरी बनाएको छ । यसअघि भएको पहिलो खेलमा नेपाल मलेसियासँग पाँच विकेटले पराजित भएको थियो । त्यसपछि नेपालले दोस्रो खेलमा सात विकेटले हराएको थियो भने तेस्रो खेलमा २७ रनले हराएको थियो । नेपालले भोलि आइतबार मलेसियासँग पाँचौँ खेल खेल्नेछ ।

You May Also Like